Department Of Consular Services

कन्सुलर सेवा सम्बन्धी जानकारी लिन

टोल फ्री नं.
1152

कन्सुलर तथा कानूनी परामर्श

अंग प्रत्यारोपणको लागि सिफारिश

आवश्यक कागजातहरु

१. विदेशमा अङ्ग प्रत्यारोपण गर्न जान सम्बन्धित अस्पतालको पत्र
२. नेपाल मेडिकल बोर्डको सिफारिस पत्रको प्रतिलिपि
३. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसपत्रको प्रतिलिपि
४. बिरामी र अङ्ग दाताको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि
५. बिरामी र अङ्ग दाताबीचको नाता प्रमाणपत्रको प्रतिलिपि
६. सम्बन्धित स्थानीय तह (महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाँउपालिका) को सिफारिसपत्र
७. बिरामी र अङ्ग दाताबीचको मञ्जुरीनामा

लाग्ने शुल्क/दस्तुर
निःशुल्क

सेवा प्रदान समय 
सोही दिन

विदेशबाट मृतकको शव झिकाउन

आवश्यक जानकारी

१. शब झिकाउनको लागि Online Legal Services मा Click गरेर Online फारम भर्ने
२. मृतक कार्यरत कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्ने
३. सम्भव भएसम्म मृतकको राहदानी (Passport) Scan Copy Upload गर्ने
४. सम्भव भएसम्म मृतकको शव रहेको स्थानको विवरण उल्लेख गर्ने

Note 1: Online फारम बाहेक आवश्यक कागजात Upload गर्नको लागि Add Document मा Click गरेर Upload गर्ने
Note 2: साउदी अरबमा मृत्यु भएको खण्डमा यहाँ Click गरेर फारम Download गर्ने र Download गरेको फारम भरेर Scan गरी Upload गर्ने

Note 3: बिदेशमा दाहसंस्कार गर्नको लागि चाहिने थप कागजातहरु:
१. वडा/न.पा/गा.पा/जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र
२. नजिकको कानुनी हकदारको मंजुरनामा (Affidavit)
       *मंजुरनामा (Affidavit) नमुनाका लागि यहाँ Click गर्नुहोस 
३. मृतकसँगको नाता प्रमाणपत्र
४. नजिकको कानुनी हकदारको नागरिकता वा नेपाल सरकारबाट जारी फोटो प्रमाणपत्र

खोजतलास / उद्धार सम्बन्धी कार्य

आवश्यक जानकारी

१. खोजतलास/उद्धारको लागि Online Legal Services मा Click गरेर Online फारम भर्ने 
२. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि Upload गर्ने
३. खोज तलास गर्नुपर्ने वा नेपाल फर्काउनुपर्ने व्यक्तिको राहदानीको प्रतिलिपि Upload गर्ने
४. वेपत्ता हुनु अघि वा थुना वा जेल पर्नु अघि काम गरेको रोजगारदाताको नाम र फोन नम्बर उल्लेख गर्ने
५. अलपत्र परेकाको हकमा अलपत्र परेको व्यक्तिको ठेगाना र सम्पर्क नम्बर र जेलमा परेकाको हकमा जेलको नाम र ठेगाना उल्लेख गर्ने
६. खोजतलास एवं उद्दार गर्नुपर्ने विषयसँग सम्बन्धित अन्य कागजातका प्रतिलिपि Upload गर्ने
Note: Online फारम बाहेक आवश्यक कागजात Upload गर्नको लागि Add Document मा Click गरेर Upload गर्ने

क्षतिपूर्तिका लागि निवेदन (घाइते/मृतक)

आवश्यक जानकारी

१. गा.पा./न.पा. को Letterhead (लेटरहेड) मा यहाँ दिएको नमुना अनुसार नाता प्रमाणपत्र बनाउने
* नाता प्रमाणपत्रको नमुनाका लागि यहाँ Click गर्नुहोस 
२. मृतकको मृत्यु दर्ता प्रमाणपत्र गा.पा./न.पा. को Letterhead (लेटरहेड) मा नेपाली र अंग्रेजी (English) दुवै भाषा भएको बनाउने
३. नेपाली राजदूतावास (Nepal Embassy) बाट शब संग आएको मृत्युको कारण खुलाउने पत्र अनिवार्य ल्याउने 
४. नाता प्रमाणपत्रमा भएका प्रत्येक व्यक्तिको नागरिकताको फोटोकपी र नाबालक भए जन्मदर्ता वा नाबालक परिचयपत्र अनिवार्य ल्याउने 
५. यदि मृतकको बुवा, आमाको मृत्यु भएको भएमा मृत्युदर्ता प्रमाणपत्र अनिवार्य ल्याउने 
६. नाता प्रमाणपत्र बनाउदा मृतकको बुवा, आमा, श्रीमती, छोरा, छोरी सहितको नाता प्रमाणपत्र बनाउने 
७. मृतक अविवाहित भएको भए अविवाहित प्रमाणपत्र गा.वि.स. बाट अनिवार्य बनाउने 
८. गा.पा./न.पा. बाट बनाएको जुनसुकै प्रमाणपत्रको पछाडि सम्बन्धित स्थानीय तह (महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाँउपालिका)को प्रमुख प्रशासकीय अधिकृत बाट रुजु (Verify) गराउने
९. व्यक्ति कार्यरत कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्ने 
१०. Power of Attorney(POA) अनिवार्य Download गरेर परिवारका सदस्यहरुले सहीछाप गरेपछि Scan गरि Upload गर्ने 
११. माथि उल्लेखित सबै कागजात Scan गरेर Upload गर्ने | Upload गर्दा Document Name मा कागजात अनुसारको नाम राख्ने 
१२. क्षतिपूर्तिको लागि Online Application Button मा Click गरि Online फारम भर्ने 
१३. सम्भब भए सम्म मृतकको राहदानी (Passport) Scan गरि Upload गर्ने 
Note: Online फारम भरेर सक्कल कागजात सहित कन्सुलर सेवा विभागमा आएर उक्त कागजातहरु बुझाउने 
Note: कागजात Upload गर्नका लागि Add Document मा Click गरेर Upload गर्ने 
Note: यहाँ Click गरि Power of Attorney(POA) Download गर्ने र Download गरेको Document भरेर Scan गरि Upload गर्ने

Note: साउदीमा मृत्यु भएको भए यहाँ Click गरि Power of Attorney(POA) Download गर्ने र Download गरेको Document भरेर Scan गरि Upload गर्ने

भारतीय र अन्य देशका राजदूतावासमा शैक्षिक योग्यताका प्रमाणपत्र प्रमाणीकरण गर्न सिफारिश गर्ने कार्य

आवश्यक कागजातहरु

१. शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
२. निवेदक र प्रमाणपत्रवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. शैक्षिक प्रमाणपत्र र नागरिकतामा नाम फरक भएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिशपत्र

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
सोही दिन

भारतीय र अन्य देशको Police Clearance का लागि सिफारिश गर्ने कार्य

आवश्यक कागजातहरु

१. सम्बन्धित देशमा बसेको अवधी खुल्ने कागजात
२. निवेदकको नागरिकताको प्रतिलिपि
३. प्रमाणपत्र र नागरिकतामा नाम फरक परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिशपत्र

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
सोही दिन

भारतीय र अन्य देशको सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्रमाणीकरणका लागि सिफारिश गर्ने कार्य

आवश्यक कागजातहरु

१. सम्बन्धित देशबाट प्राप्त सवारी चालक अनुमतीपत्रको प्रतिलिपि
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. सवारी चालक अनुमतिपत्र र नागरिकतामा नाम फरक परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको दुवै नाम एउटै हो भन्ने सिफारिशपत्र

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
सोही दिन

विभिन्न आयोजना/उद्योग तथा नेपाली सेनाको लागि भारतबाट आयात गरिने विष्फोटक पदार्थ तथा रसायन सम्बन्धमा सिफारिश गर्ने कार्य

आवश्यक कागजातहरु

१. नेपाली सेनाको हकमा रक्षा मन्त्रालयको सिफारिस पत्र र निर्णयको प्रतिलिपि तथा अन्य सरकारी निकायको हकमा गृह मन्त्रालयको सिफारिस पत्र र निर्णयको प्रतिलिपि
२. निजी क्षेत्रको हकमा गृह मन्त्रालयको सिफारिस पत्र, कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित कम्पनीको पत्र, अघिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्र र आयातकर्ताको प्रतिनिधि भएर आउने व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
नेपाली सेनाको लागि नि:शुल्क र अन्यको हकमा रु. ५००/–

लाग्ने समयावधि
सोही दिन

 

नेपाली नम्वर प्लेटका सवारी साधनलाई भारतमा आवत जावत गर्न Vehicle Permit को सिफारिश गर्ने कार्य

आवश्यक कागजातहरु

१. नेपाली नम्बर प्लेटका सवारी साधनलाई भारतमा आवत जावत गर्न सिफारिसको लागि निवेदन
२. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सवारी साधनको ब्लुबुक, बीमा लगायत अन्य सम्बन्धित कागजातका प्रतिलिपि
४. सवारी साधनको कर चुक्ता गरेको प्रमाणपत्र
५. सरकारी वा कूटनीतिक नियोगको सवारी साधन भए सम्बन्धित निकाय वा नियोगको अनुरोधपत्र र निजी सवारी साधन भए सम्बन्धित स्थानीय तहको प्रयोजन खुलाइएको सिफारिस पत्र तथा सवारी साधनको विवरण

लाग्ने शुल्क/दस्तुर
सरकारी सवारी साधन भए नि : शुल्क र अन्यको हकमा रु ५००/–

लाग्ने समयावधि
सोही दिन

नेपाली चलचित्र भारत लगी प्रोसेसिङ्ग/छायाँकन तथा प्रदर्शन गर्नका लागि सिफारिश गर्ने कार्य

आवश्यक कागजातहरु

१. चलचित्र विकास वोर्डको सिफारिश पत्र

लाग्ने शुल्क/दस्तुर
रु ५००/–

लाग्ने समयावधि
सोही दिन

नेपाली नागरिकता परित्याग सम्बन्धी सहजिकरण गर्ने कार्य

आवश्यक कागजातहरु

नेपाली नियोगहरु मार्फत निवेदन प्राप्त भएपछि गृह मन्त्रालयको नागरिकता तथा हात हतियार शाखामा पठाइने र सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालय हुँदै पुनः प्राप्त हुने जवाफ अनुसार सम्वन्धित नियोगमा पत्राचार हुने |

अधिकृत वारेशनामाको आधिकारिकता सम्बन्धमा गर्ने कार्य

आवश्यक जानकारी

१. विदेशस्थित नेपाली नियोगबाट जारी भएको अधिकृत वारेशनामाको आधिकारिकता January 1, 2018 देखि लागु हुने गरि Online वाट नै बुझ्न सकिन्छ | Online वाट हेर्नको लागि यहाँ Click गर्नुहोस् |

२. Online वाट अधिकृत वारेशनामाको आधिकारिकता बुझ्नको निमित विदेशस्थित नेपाली नियोगबाट जारी भएको अधिकृत वारेशनामाको सक्कल कागजातमा भएको मिति, दर्ता वा चलानी नं. दिएर Search गर्न सकिन्छ |

३. Online वाट नदेखिएको वा अन्य कुनै कारणवस कन्सुलर सेवा विभागको आधिकारिकता चाहिएमा सम्बन्धित कार्यालयको पत्र, विदेशस्थित नेपाली नियोगबाट जारी भएको अधिकृत वारेशनामा, जग्गाधनी प्रमाणपत्र र नागरिकता सहित अधिकृत वारेशनामा लिने व्यक्ति स्वंम कन्सुलर सेवा विभागमा उपस्थित भए मात्र दिन सकिन्छ |