कन्सुलर सेवा विभाग

Government of Nepal

कन्सुलर सेवा भन्नाले विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधाकरीहरुलाई प्रदान गरिने सुविधा तथा उन्मुक्ति, नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने लगायतका कार्यहरुलाई वुझाउछ ।